एकीकृत समाजवादीको कार्यालयमा पुगे प्रधानमन्त्री ओली, संगै थिए भिम रावल

Image
Nisarga Hospital

अत्तरिया : प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को कार्यालय पुगेका छन्। नेकपा (एमाले) बाट फुटेर माधवकुमार नेपालको नेतृत्वको २०७८ भदौमा गठन भएको एकीकृत समाजवादीको कार्यालयमा प्रधानमन्त्री ओली सोमबार पुगेका हुन्।

CP Hospital Dhangadhi

यसअघि ओली एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिएनन्। सोमबार प्रधानमन्त्री ओली एकीकृत समाजवादी कार्यालय पुग्दा त्यहाँ हालै एमालेले पार्टीबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि सँगै देखिएका थिए।

Attariya Hospital

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्। चैत १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनीसमेत भएको थियो।

nawajiwan

एकीकृत समाजवादीका नेता कमल कोइरालाको निधन भएको र शव पार्टी कार्यालय आलोकनगरमा राखिएकोले श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पुगेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।

Advertize US