
धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा निशुल्क मधुमेह तथा मिर्गौला परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।

सेती प्रादेशिक अस्पतालअगाडिको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा चैत २८ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिर्गौला लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिनेछ।
सेन्टरका सञ्चालक हरी धामीका अनुसार शिविरमा आवश्यक सबै परीक्षण अत्याधुनिक उपकरणमार्फत दक्ष प्राविधिकहरूको सहयोगमा निःशुल्क रूपमा प्रदान गरिनेछ।


रुद्राक्ष डायग्नोस्टिकले प्रयोगशालासम्बन्धी सम्पूर्ण सेवा सरकारी मूल्यअनुसार प्रदान गर्दै आएको छ। “सामान्य सुगर परीक्षणदेखि विभिन्न हर्मोन र क्यान्सरसम्बन्धी परीक्षणसम्म गर्न सक्ने सुविधा हाम्रो सेन्टरमा उपलब्ध छ,” सञ्चालक धामीले बताए।
उनका अनुसार बी.एम.एल.टी. गरेका दक्ष ल्याब असिस्टेन्ट, टेक्निसियनहरूको सहयोगमा सेवा प्रदान गरिँदै आएको छ।






























