सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
नेताहरूले जीवन र जगतलाई लिएर बक्वास गर्छन्,
जनताहरूले उनैको बिचारमा सधैंभरी आस गर्छन्।
CP Hospital Dhangadhi
प्रकृती सुन्दरताले भरिएको हाम्रो स्वर्ग तुल्य देशमा,
के छैन भनौं त कुना कुनामा फेरिपनि उपहास गर्छन्।
छिमेकी आ गरी बसेका हुन्छन् मौकाको तलासमा,
दलालहरू उनैको इसारामा सम्पत्ती वाइपास गर्छन्।
nawajiwan
संसारमा नेता अरू केही नभएपनि देशभक्त देख्छौं,
हाम्रो देशमा सडक हौस् वा सदन सधैं तमास गर्छन्।
साथी मलाई यो सहर देख्दा एउटा नमूना लाग्छ यहा,
आफ्नो जन्म भूमिलाई कति धेरै मायां खास गर्छन्।
छर्लङ्गै छ साहित्यिक सफरले जुटाएको प्रेमको कथा,
साहित्यिक पाटोमा नै सच्चा देशभक्तिले बास गर्छन्।

॥१॥

डराउँनु नै हुँदैन आँधि तुफान आउँदा,
धेरै भर पर्नु पनि हुँदैन उखान आउँदा।
ऊ आर्काकै बुद्धी भुट्छ र जहान पाल्छ
मख्ख पर्छन् उनि कतैबाट दान आउँदा।
उसले कुराकै धाग लगायो महल बनायो,
डाँन थियो खुसि छ घरमै लगान आउँदा।
पागल नै भयो यो समाज पैसामा तौलियो,
खै किन खुसि हुन्छन् घरमै सैतान आउँदा।
जसले तन् मन् खियायो यो देशको लागि,
दुःख लाग्छ अभावमा उस्कै जहान आउँदा।
कसरी सहन्छौ नेता थोरै त सर्म गर तिमी,
सबक सिक गणतन्त्रमा अपमान आउँदा।

॥२॥

Attariya Hospital
न हिन्दु न मुसलमान न इसाई बनाई पठायो,
कसैलाई न कुनैजातको मोहोर लगाई पठायो।
सबै धर्म ग्रन्थहरू लेखेका हुँन् मानिस आफै,
छैन कतै कुनै चमत्कार न कुनै भर्पाई पठायो।
भ्रममा बाँचेका मानिसहरू मर्छन् भ्रम जालमै,
जे छ त्यो पनि रगत पसिनामा डुबाई पठायो।
सत्ताका भोका यहीँ छन् पद प्रतिष्ठाका भोका,
पर्दा पछाडि बाट नदिनाला धन् समाई पठायो।
वीरहरूको रगत त्यसै बगेको कहाँपो हो यहाँ,
गर्छ असमान् सन्धि सम्झौता अस्थाई पठायो।
लडायो उसैले र जमायो आफ्नै घरबार उसैले,
मैदानमा लड्न भाई सँग आफ्नै भाई पठायो।
॥३॥
आन्दोलन् हुन्छ देशभित्र लगातार मारिन्छन्,
निर्दोश नागरिकहरू सधैँ बफादार मारिन्छन्।
के मिल्छ हत्या र हिशाँमै कसैलाई यो देशमा,
नेपाली जीवनका थुप्रै यहाँ आधार मारिन्छन्।
देखेकै छौँ कहाँ अपराधी गद्धार मारिए देशमा
यहाँ त देशभक्त नागरिक र पत्रकार मारिन्छन्।
कसैको स्वार्थको पूर्तिका लागि बलि दिनेप्रथा,
कुसंस्कारमै बल्झिएर कसैको प्यार मारिन्छन्।
संघारमा पुग्दा नपुग्दै फर्किन्छ कुप्रथा देशमा,
क्रान्तिका खम्बाहरू र उनै अनुहार मारिन्छन्।
श्रमजिवीका लागि लड्नेहरू लडिनै रहे यहाँ,
उनैको कथामा हुन्छ अचेल व्यापार मारिन्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८