अत्तरियाको दुर्गा मन्दिरमा फेला परेको शवको सनाखत, मृतक डडेल्धुराका

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ ।

CP Hospital Dhangadhi

अत्तरिया चौराहको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा गत बुधबार फेला शवको आज सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।

थापाका अनुसार शव डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर- ७ स्थित पोखराका ३५ वर्षीय जगदीस कैनीको भएको पत्ता लागेको हो ।

nawajiwan
Attariya Hospital

जगदीसका दाजु राम कैनीले शवको सनाखत गरेका हुन् । अब पाष्टमार्टमको प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।

हत्यारासम्म भने पुग्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार जगदीस परिवारको सम्पर्कमै नरहने गरेका कारण शव सनाखत गर्न परिवारलाई समय लागेको हो ।