चिसापानी–कुइने सडक विस्तारका लागि ४७२ रुख कटान गर्न सम्झौता

Image
Nisarga Hospital

धनगढीः कैलाली जिल्लाको चिसापानी–कुइने सडकको स्तरोन्नतिको कार्यका लागि ४७२ वटा रुख कटान गर्न संघीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागबीच सम्झौता भएको छ।

CP Hospital Dhangadhi

मंगलबार भएको सम्झौताअनुसार लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ भित्र पर्ने १६ किलोमिटर लामो सडक खण्डमा पर्ने ८.९२ हेक्टर राष्ट्रिय वन क्षेत्र सडक निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरिएको हो।

सो क्षेत्रमा रहेका विभिन्न जातका ४७२ वटा रुख कटान गर्न वन ऐन, २०७६ को दफा ४२ को उपदफा ९ को आधारमा स्वीकृति दिइएको जनाइएको छ। २०८० साल पुस २४ गतेको निर्णयअनुसार वन ऐन र वन नियमावली बमोजिम रुख कटानको स्वीकृति दिइएको सम्झौतामा उल्लेख छ।

nawajiwan
Attariya Hospital

सडक विभागले चिसापानी–कुइने सडकको ७.२ किलोमिटर खण्ड कालोपत्रे गर्न २०७९ साउन ३ गते दिव्यज्योती–शाही जेभीसँग १२ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।तर रुख कटानको आदेश नआउँदा निर्माण कार्य रोकिएको थियो। ठेक्का सम्झौता अनुसार सडक निर्माण कार्यको म्याद आगामी असारभित्र समाप्त हुनुपर्नेछ।

रुख कटानी आदेश ढिलाइ हुँदा सडक निर्माणको माग गर्दै स्थानीय नेता नेत्र भण्डारीले कर्णाली पुलमा अनसन सुरु गरेका थिए। अनसनको क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रुख कटानी प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिँदै अनसन स्थगित गर्न आग्रह गरेका थिए। मुख्यमन्त्री शाह र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा भएको सम्झौता पश्चात् भण्डारीले अनसन तोडेका हुन्।स्थानीयवासीले वर्षौंदेखि माग गर्दै आएको चिसापानी–कुइने सडक स्तरोन्नति कार्यमा रुख कटानी प्रक्रिया सुरु भएपछि निर्माण कार्यले गति लिने आशा गरिएको छ।