
सबैले देख्छन् कसैले दिउसो कसैले राती देख्छन्,
सपना त धेरैजसो युवाहरूले भाँति भाती देख्छन्।

बाबा आँमाले खोतल्छन् आफ्नो भबिश्य माटोमा,
तर औलादले पढे लेखेपछि माटो न जाति देख्छन्।
हिँजो बञ्जर भूमि आवाद बनाएका उस्तैछन् ठेला,
आज उहि जमिन बाँजो भएको छोरा नाति देख्छन्।

आँमालाई पोल्यो र स्वर्गको कल्पनामा रमायो छोरा,
बाजुञ्जेल मानिसले कल्पनाको फूल पाति देख्छन्।
बालेर मन् भित्र ज्वाला कामना गर्दाछन् शान्तिको,
देख्नेले अन्धकार चिर्नलाई त एउटा बाति देख्छन्।
॥१॥
धन पैसा भन्दा साथ सहयोग खास हुन्छ सबैको,
अनुसाशन भित्र नै एकताको बास हुन्छ सबैको।
महासय जन्मिएपछि एक्लै लड्दै आएको मान्छे,
जैले सहयोग भन्दा समस्याको रास हुन्छ सबैको।
साहेद् आफै पनि एउटा समस्या हुँ अरूका लागि,
किन सपना हो योजना समेत नास हुन्छ सबैको।
मानव समाज नै हो दुःख सुःखको मिश्रण जिवन,
एकदिन मनोरञ्नकै लागि उपन्यास हुन्छ सबैको।
घरि झोले नभन् मुटुपिरो हुन्छ बरू रोजगार देऊ,
मानिस भएपछि पेट पाल्ने आस हुन्छ सबैको।
सरकारले बुझेन तिमिले त बुझ शिक्षकहरू यहाँ,
यो गलतिले नोक्सान हुन्छ उपहास हुन्छ सबैको।
॥२॥
शिक्षालय बन्द शिक्षक आन्दोलन आफै बोल्दै छ,
के भनौँ मित्र नतिजा आगो दनदन आफै बोल्दै छ।

के गुमायो कसले केपायो अबश्य छानविन होला,
गणतन्त्रको नतिजा उस्तै भनाभन आफै बोल्दै छ।
एउटै छोरा त्यो पनि गुमायो सु व्यवस्थाको लागि,
सम्विधानको हुन्छ सधैँ उलङ्घन आफै बोल्दै छ।
दुश्मनले पनि त यस्तै खोज्छ लडाई भाइ भाइको,
बरू लगाउँछ उसले धन र तनमन आफै बोल्दै छ।
सरकार असफल भयो राजिनामा देउ छाड कुर्सी,
पहिले कुन नेतामा थियो र लगन आफै बोल्दै छ।
लडेका छन् र लडाएका छन् पाठशाला बन्द गरी,
यी स्कुलमा कस्का बालख पढ्छन आफै बोल्द छ।
॥३॥
सम्झना आइरहोस आँखाको नानी बनिरहोस्,
आँमालाई बाचुञ्जेल पुजागर्ने बानि बनिरहोस्।
आफ्नो जीवन आँमाकै अमानत सम्झिन्छु मैले,
आँमा ममताकी खानि यही कहानि बनिरहोस्।
जन्मिए पछि सबैलाई मर्नुपर्छ नियम प्रकृतिको,
आँमाको हृदय संसारको राजधानी बनिरहोस्।
तर कुन्निकिन अचेल श्रवणकुमार जन्मिन छाडे,
आँमाको कोखबाट आँमा त्यो लगानी बनिरहोस्।
चाहान्छु दुख सुःखमा आँखाबाट ओझेल नहुँनु,
मलाई चाहिदैन हासो आँखामा पानी बनिरहोस्।
यत्ति संदेश दिन चाहान्छु मैले मर्नुभन्दा पहिले,
छोरा छोरीमै पनि आँमालाई सम्मानि बनिरहोस्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८




























