कैलालीमा अवैध रकमसहित दुई जना पक्राउ, लाखौं नेपाली र भारतीय रुपैयाँ बरामद

Image
Nisarga Hospital

कैलालीमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा अवैध रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

CP Hospital Dhangadhi

आज बिहान भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरीका ३२ वर्षीय अमन कुमार गर्गलाई पक्राउ गरेको हो। गर्गले चलाएको यु.पी.३२ एच एच ६७५३ नम्बरको मोटरसाइकल जाँच गर्दा कम्मरमा बाँधेर राखेको नेपाली ८ लाख ९६ हजार ६सय रुपैंया फेला परेको प्रहरीले जनाएको छ।

Attariya Hospital

यस्तै, अर्को घटनामा प्रहरीले टिकापुर नगरपालिका–१ स्थित अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा छापा मारेको थियो। पसल सञ्चालक १९ वर्षीय अर्मन चौधरीको साथबाट भारतीय ५ लाख ३१ हजनर ४ सय बरामद गरिएको छ। चौधरीलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan

प्रहरीका अनुसार, दुवैजनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ । बरामद रकमको स्रोत भने पुष्टि हुन बाँकी रहेको छ।