क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास घोषणा

Image
Nisarga Hospital

भारतीय क्रिकेट स्टार विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले सोमबार इन्स्टाग्राममार्फत १४ वर्ष लामो टेस्ट करिअरलाई बिदाइ दिँदै यो फर्म्याटले आफूलाई गहिरो रूपमा परिवर्तन र परिक्षण गरेको उल्लेख गरेका छन्।

CP Hospital Dhangadhi

कोहलीले १२३ टेस्ट खेलमा ९,२३० रन बनाउँदै ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्। सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका उनले भारतका लागि ६८ टेस्टमा कप्तानी गरे, जसमा ४० जितसहित भारतका सबैभन्दा सफल टेस्ट कप्तान बने।

सन् २०१९ मा अष्ट्रेलियाविरुद्ध ऐतिहासिक शृंखला जिताउनु उनका कप्तानीका ठूला उपलब्धि हुन्। कोहलीको टेस्टमा उच्च स्कोर अविजित २५४ रन रह्यो।

nawajiwan
Attariya Hospital

उनको यो निर्णय रोहित शर्माको टेष्ट सन्यासलगत्तै आएको हो। अब शुभमन गिल टेष्ट कप्तानको संभावित दावेदारका रूपमा अघि आएका छन्।

# ट्रेण्डिङ