आईपिएलमा चेन्नईको लाजमर्दो अन्त्य: राजस्थानसँग ६ विकेटले पराजित, पुछारबाट उकालो असम्भवजस्तै

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा चेन्नई सुपर किङ्सको यात्रा लाजमर्दो शैलीमा टुंगिएको छ। गएराति पुछारका दुई टोलीबीच भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले पराजित गर्दै सिजनको सुखद् अन्त्य गरेपछि चेन्नईको प्लेअफको सम्भावना झनै मरेको छ।

CP Hospital Dhangadhi

चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी छँदै चार विकेटको क्षतिमा सजिलै पूरा गर्‍यो। राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन बनाए। उनले ३३ बलमा चार चौका र चार छक्का प्रहार गर्दै इनिङ्सको मेरुदण्ड बने। ओपनर यसस्वी जयसवालले १९ बलमा ३६ रन बनाए भने कप्तान सञ्जु सामसनले ४१ रन जोडे। अन्त्यतिर ध्रुव जुरेलले १२ बलमा नटआउट ३१ रनको विस्फोटक पारी खेलेर जित पक्का गरे।

Attariya Hospital

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। चेन्नईका आयुष माथ्रेले सर्वाधिक ४३ रन बनाए, जसमा ८ चौका र एक छक्का समावेश थियो। डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान दिए। राजस्थानका बलर आकास मद्यवाल र युधिर सिंहले तीन-तीन विकेट लिए, जसमा मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए।

nawajiwan
Advertize US