यू–१६ इस्ट जोन कप छनोट: कैलाली र कञ्चनपुरको शानदार जित

Image
Nisarga Hospital

एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ अन्तर्गत सुदूरपश्चिम प्रदेशको समूह ‘बी’ मा आज सम्पन्न खेलहरूमा कैलाली र कञ्चनपुर विजयी भएका छन्।

CP Hospital Dhangadhi

कैलालीको बलियो प्रदर्शन, अछामलाई ७१ रनले पराजित
पहिलो खेलमा कैलालीले अछामलाई ७१ रनले हराउँदै प्रतियोगितामा सशक्त उपस्थिति जनायो।
पहिले ब्याटिङ गर्दै कैलालीले २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनायो। टीमका लागि बृजेश चौधरीले २६ र अविरल विकले २५ रन योगदान दिए।
अछामका बलर रविन भण्डारीले तीन विकेट लिए।

जवाफमा अछामको टोली १२.५ ओभरमा ४७ रनमै अलआउट भयो। उसका लागि अनिल रावतले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कैलालीका बलरहरू सुबोध तिवारी र रुद्रप्रसाद आचार्यले तीन–तीन विकेट लिए।
सुबोध तिवारी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

nawajiwan
Attariya Hospital

कञ्चनपुरको एकतर्फी जित, दार्चुला १११ रनले पराजित
दोस्रो खेलमा कञ्चनपुरले दार्चुलालाई १११ रनको भारी अन्तरले पराजित ग¥यो।
पहिले ब्याटिङ गर्दै कञ्चनपुरले २० ओभरमा १६९ रन बनायो। टोलीका लागि आयुष चन्दले सर्वाधिक ३८ रन बनाए।
दार्चुलाका बलर निश्चल अवस्थी र लवराज जोशीले दुई–दुई विकेट लिए।

१७० रनको लक्ष्य लिएर मैदान उत्रेको दार्चुला टोली १५.४ ओभरमा ५८ रनमै समेटियो।
दार्चुलाका विकास कुँवरले १४ र निश्चल अवस्थीले १३ रन बनाए।
कञ्चनपुरका बलर मनिष चन्दले ४ विकेट तथा निरज सिंह कार्कीले ३ विकेट लिए।

आठ जिल्लाको सहभागिता
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको यो छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाको सहभागिता रहेको छ।

Advertize US