आजका लागि मौसम आक्रामक बन्दै: देशभरका अधिकाङ्स ठाउँमा आज पनि चट्याङ, वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशका विभिन्न भागमा आज पनि मौसम अस्थिर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी पहाडी र उच्च हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

CP Hospital Dhangadhi

विभागका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय छ। यसको असरस्वरूप दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भागमा मौसम मुख्यतः सफा रहनेछ।

मधेससहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात पनि हुन सक्ने सम्भावना विभागले जनाएको छ।

nawajiwan
Attariya Hospital

रातिको समय पनि उत्तिकै अस्थिर रहने विभागको अनुमान छ। मधेसदेखि सुदूरपश्चिमसम्मका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यहीबीच, विभागले यस वर्षको मनसुनको ढाँचा विगतका वर्षहरूभन्दा फरक र अधिक सक्रिय देखिएको उल्लेख गर्दै “रेकर्ड ब्रेक” मनसुनको संकेतसमेत गरेको छ।

स्थानीय प्रशासन र सर्वसाधारणलाई मौसमको चक्रवातीय परिवर्तनप्रति सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न विभागले विशेष आग्रह गरेको छ।