राष्ट्रसेवक कर्मचारीका लागि महङ्गी भत्ता पाँच हजार पुर्‍याइयो

Image
Nisarga Hospital

सरकारले राष्ट्रसेवक कर्मचारीको महङ्गी भत्ता वृद्धि गरेर मासिक पाँच हजार रुपैयाँ पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तलब वृद्धिका सट्टामा महङ्गी भत्ता बढाइएको जानकारी गराएका हुन्।

CP Hospital Dhangadhi

उनका अनुसार हालको आर्थिक अवस्थालाई दृष्टिगत गर्दै कर्मचारीको आधारभूत तलब बढाउन नसकिएकोले जीवनयापनमा राहत पुगोस् भन्ने उद्देश्यले महङ्गी भत्ता वृद्धि गरिएको हो।

nawajiwan
Attariya Hospital

महङ्गी भत्ता वृद्धिपछि सामान्य प्रशासन, शिक्षा, स्वास्थ्यलगायतका सेवा क्षेत्रका लाखौं कर्मचारी लाभान्वित हुनेछन्। यो निर्णयले बजारमा लगातार बढिरहेको मूल्यवृद्धिको असर केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

सरकारले खर्च घटाउने र राजस्व बढाउने प्रयासका बीच कर्मचारीको मनोबल उच्च राख्न यो कदम चालेको बताइएको छ। कर्मचारी सङ्गठनहरूले भने यसलाई आंशिक राहत भन्दै तलब संरचना समायोजनको माग दोहोर्याएका छन्।

Advertize US