चार जिल्लाका सिडिओ फेरबदल : गृह मन्त्रालयको निर्णयमा ६ सहसचिवको सरुवा

Image
Nisarga Hospital

गृह मन्त्रालयले आइतबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको स्तरबाट निर्णय गर्दै बर्दिया, कास्की, धनुषा र पाँचथरका सिडिओहरू फेरबदल गरिएको हो।

CP Hospital Dhangadhi

बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई कास्की पठाइएको छ भने कास्कीका भरतमणि पाण्डेलाई मन्त्रालयमा जगेडामा राखिएको छ।

त्यस्तै, मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेल बर्दियाको सिडिओ नियुक्त भएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मन्त्रालयमै रहेका सहसचिव शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने त्यहाँ कार्यरत रामुराज कडरीयालाई मन्त्रालय तानिएको छ।

साथै, सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यस सरुवालाई प्रशासनिक सुदृढीकरणका लागि गरिएको कदमको रूपमा हेरिएको छ।

Dhnagadhi & Krishanapur