चार जिल्लाका सिडिओ फेरबदल : गृह मन्त्रालयको निर्णयमा ६ सहसचिवको सरुवा

Image
Nisarga Hospital

गृह मन्त्रालयले आइतबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको स्तरबाट निर्णय गर्दै बर्दिया, कास्की, धनुषा र पाँचथरका सिडिओहरू फेरबदल गरिएको हो।

CP Hospital Dhangadhi

बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई कास्की पठाइएको छ भने कास्कीका भरतमणि पाण्डेलाई मन्त्रालयमा जगेडामा राखिएको छ।

त्यस्तै, मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेल बर्दियाको सिडिओ नियुक्त भएका छन्।

nawajiwan
Attariya Hospital

मन्त्रालयमै रहेका सहसचिव शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने त्यहाँ कार्यरत रामुराज कडरीयालाई मन्त्रालय तानिएको छ।

साथै, सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यस सरुवालाई प्रशासनिक सुदृढीकरणका लागि गरिएको कदमको रूपमा हेरिएको छ।

Advertize US