विश्वकप लिग-२ मा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, जितसँगै तालिकामा उक्लिने लक्ष्य

Image
Nisarga Hospital

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

CP Hospital Dhangadhi

स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज नेदरल्याण्ड्सको सामना गर्न लागेको हो।

खेल फोर्टहिल डुन्डी, स्कटल्याण्डमा हुनेभए पनि नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

nawajiwan

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले रोमाञ्चक जित दिंदै प्रतियोगिता सुखद रूपमा सुरू गरेको थियो। ती खेलमा करण केसी नायक बनेका थिए।

पछिल्लो ५ भिडन्तमा नेपाल २–३ पछि
नेदरल्याण्ड्सविरुद्ध पछिल्ला पाँच खेलमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ। आजको खेल जित्दै नेपालले अंक तालिकामा थप सुधार गर्ने लक्ष्य लिएको छ।

स्कटल्याण्डलाई हराएपछि नेपाल ८ अंकसहित पुछारबाट माथि उक्लिएको छ।

Attariya Hospital

लिगपछि टी-२० सिरिज पनि खेल्ने
लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज सकिएपछि नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने तालिका छ।

नेपालको टोली:
कप्तान: रोहित पौडेल

उपकप्तान: दीपेन्द्र सिंह ऐरी

विकेटकिपर: आसिफ सेख

अन्य खेलाडीहरू: कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल।