अत्तरियामा नयाँ डिएसपी आए सँगै १ महिनामा के के गतिविधि भए ?

Image
Nisarga Hospital

अत्तरिया: मालाखेतीस्थित ईलाका प्रहरी कार्यालय स्थापना भएको आज एक महिना पूरा भएको छ। कार्यालयको एक महिनाको कार्यकालमा उल्लेखनीय प्रगति भएको प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो।

CP Hospital Dhangadhi

२०८२ साल वैशाख २२ देखि जेठ २२ गतेसम्मका मुख्य प्रगतिहरु यस प्रकार छन्:

कुल मुद्दा दर्ता : २६ वटा

nawajiwan

पक्राउ परेका प्रतिवादी : २३ जना (महिला ५, पुरुष १८)

फरार प्रतिवादी पक्राउ : ३ जना

Attariya Hospital

भन्सार सम्बन्धी सरसमान नियन्त्रण : रु. ६६ लाख २७ हजार ९५० बराबर

चोरीका सवारीसाधन बरामद : २ वटा मोटरसाइकल नियन्त्रणमा

सुरक्षा कायम गर्नुका साथै समुदायमा जनचेतना फैलाउने कार्यलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। यस अवधिमा विभिन्न विद्यालय र स्थानहरुमा कार्यक्रम सञ्चालन गरी करिब एक हजार जनालाई लागुऔषध दुरुपयोग, साइबर अपराध, तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना शिक्षा प्रदान गरिएको छ।

नायब उपरीक्षक चन्दका अनुसार, “हामी अपराध नियन्त्रण र सुरक्षाको मात्रै होइन, समुदायमा विश्वास जगाउने प्रयासमा छौं। जनसहभागितामूलक प्रहरी कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा छौं।”

मालाखेती ईप्रका जनसुरक्षा र नागरिक सेवामा सक्रिय ढंगले अग्रसर छ भन्ने यस्ता कार्यले स्पष्ट देखाउँछ।