आईसिसी लिग २ क्रिकेटमा नेपाल आज फेरी स्कटल्याण्डसँग भिड्दै, अपराजित यात्रा कायम गर्ने लक्ष्य

Image
Nisarga Hospital

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग दोस्रोपटक प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको फोर्टहिल डुन्डी मैदानमा नेपाली समयअनुसार खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ। त्रिकोणात्मक सिरिजको यो तेस्रो खेलमा नेपाल अपराजित रहँदै आएको छ।

CP Hospital Dhangadhi

पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो। नेपालले सिरिजको अन्तिम खेल बिहीबार पुनः नेदरल्याण्ड्ससँग खेल्नेछ।

Attariya Hospital

लिग–२ को अंक तालिकामा नेपाल १४ खेलबाट १० अंकसहित सातौं स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकासँग २८ अंक छन्। नेपाललाई आजको खेल जित्दै तालिकामा उक्लिने मौका छ।

nawajiwan

टोलीको नेतृत्व रोहित पौडेलले गरिरहेका छन् भने दीपेन्द्र सिंह ऐरि उपकप्तान छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामीलगायतका खेलाडी छन्।