
काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले सम्हालेका छन्।

पूर्व प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे निलम्बनमा परेपछि जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

धनगढी उपमहानगरपालिका–२, सन्तोषीटोल स्थायी घर भएका जोशी यसअघि कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत थिए।

जोशीले जिम्मेवारी सम्हालेसँगै महानगर प्रहरीको नियमित कार्य, शान्ति सुरक्षा तथा सार्वजनिक व्यवस्थापनमा सक्रियता देखाउने अपेक्षा गरिएको छ।




























