विश्वकप क्रिकेट लिग २: नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

Image
Nisarga Hospital

विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ।

CP Hospital Dhangadhi

स्कटल्यान्डमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो। नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २३६ रनको चुनौती प्रस्तुत गरेको थियो।

Attariya Hospital

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिएका थिए भने सन्दिप लामिछानेले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए।

nawajiwan

यसअघि पनि नेपालले सोही शृङ्खलामा नेदरल्यान्ड्सविरुद्ध विजयी भएको थियो। कुल ४ खेल खेलेको नेपालले ३ खेलमा जित निकालेको छ भने १ खेलमा मात्र हार बेहोरेको छ।

Advertize US