६ करोडभन्दा बढी अनियमितता प्रकरणमा सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Image
Nisarga Hospital

मधेश प्रदेशका नेकपा एमाले सांसद दिपेन्द्र ठाकुरसहित १७ जनामाथि भ्रष्टाचारको गम्भीर आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणमा भएको अनियमितता प्रकरणमा उनीहरूमाथि कारबाही अघि बढाइएको हो।

CP Hospital Dhangadhi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सांसद ठाकुरविरुद्ध विशेष अदालतमा औपचारिक रूपमा आरोपपत्र पेश गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पूर्व गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवसहित १७ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो।

Attariya Hospital

अनुसार, अस्पताल निर्माणको ठेक्का प्रक्रियामा सत्ता र पहुँचको दुरुपयोग गर्दै सांसद ठाकुरले आफ्नो पक्षका ठेकेदारलाई अनियमित रूपमा काम दिलाएका थिए। उक्त योजनामा झन्डै ६ करोड ७९ लाख रुपैयाँभन्दा बढीको आर्थिक हानिनोक्सानी भएको आयोगको दाबी छ।

nawajiwan

मुद्दामा उल्लेखित १७ जनाविरुद्ध ठेक्का प्रक्रिया दुरुपयोग, सार्वजनिक रकमको दुरुपयोग र भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको माग गरिएको छ। अख्तियारले सोही परिमाणको बिगो समेत मागदाबी गरेको छ।

Advertize US