विश्व टेस्ट च्याम्पियनसिपको उपाधि दक्षिण अफ्रिकालाई, अष्ट्रेलिया ५ विकेटले पराजित

Image
LONDON, ENGLAND - JUNE 14: Temba Bavuma of South Africa lifts the ICC World Test Championship Mace with teammates in front of the Pavilion following his team's victory on Day Four of the ICC World Test Championship Final between South Africa and Australia at Lord's Cricket Ground on June 14, 2025 in London, England. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
Nisarga Hospital

दक्षिण अफ्रिकाले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको छ। इंग्ल्याण्डमा सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाका एडेन मार्करामले उत्कृष्ट प्रदर्शन गर्दै १३६ रन बनाए। कप्तान टेम्बा बाभुमाले समेत ६६ रनको अर्धशतकीय इनिङ खेले।

CP Hospital Dhangadhi

टस जितेर बलिङ रोजेको दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पहिलो इनिङमा २१२ रनमै समेट्यो। तर आफैं पहिलो इनिङमा कमजोर प्रदर्शन गर्दै १३८ रनमा अलआउट भयो। दोस्रो इनिङमा अष्ट्रेलियाले २०७ रन जोड्दै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो।

दक्षिण अफ्रिकी बलिङतर्फबाट कागिसो रबाडाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने ब्याटिङमा ५८ रन बनाए।

nawajiwan
Attariya Hospital

दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा पाँच विकेटको क्षतिमा आवश्यक रन जोड्दै ऐतिहासिक जित हासिल गर्‍यो।

यसअघि २०२१ मा न्युजिल्याण्ड र २०२३ मा अष्ट्रेलियाले उपाधि जितेका थिए, जहाँ दुवैपटक भारत उपविजेता बनेको थियो। यो दक्षिण अफ्रिकाको पहिलो विश्व टेस्ट च्याम्पियनसिप उपाधि हो।

# ट्रेण्डिङ