नेपालले स्कटल्यान्डलाई ९७ रनमै समेट्यो, जितका लागि ९८ रनको लक्ष्य

Image
Nisarga Hospital

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डलाई मात्र ९७ रनमा अलआउट गर्दै ९८ रनको सामान्य लक्ष्य पाएको हो।

CP Hospital Dhangadhi

नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे। अन्य बलरहरूले पनि कसीयुक्त प्रदर्शन गर्दै स्कटल्यान्डको पारी छिट्टै समेटे।

Attariya Hospital

यसअघि, शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्ड नेदरल्यान्ड्ससँग पराजित भएको थियो। दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेहरो सुपरओभरसम्मको रोमाञ्चक भिडन्तपछि पराजित भएको थियो। आजको खेल नेपालका लागि पहिलो जित दिलाउने अवसर हो।

nawajiwan