देशभर मनसुन बदलीसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। साथै देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा, भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

यस मौसमी प्रणालीको असरस्वरूप देशभर सामान्यतः बदली भएको छ। केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि मापन गरिएको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Advertize US