मनसुनी प्रभाव सक्रिय, देशभर बदलीसहित वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको सक्रियताका कारण आज दिउँसोदेखि रातिसम्म अधिकांश स्थानमा बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, तथा अन्य प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि मौसम आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले विभिन्न क्षेत्रमा वर्षा सक्रियता देखिएको हो।

मौसमविद्हरूले पहाडी तथा भेगका बासिन्दालाई सम्भावित भारी वर्षा तथा हिमपातका कारण सतर्क रहन आग्रह गरेका छन्।