शनिबार रातिदेखि नेपालमा व्यापक वर्षा हुने पूर्वानुमान, बाढीको सम्भावना

Image
Nisarga Hospital

नेपालमा शनिबार रातिदेखि मनसुन थप सक्रिय हुँदै देशभर भारी वर्षा हुने मौसमविद्‌हरूले जनाएका छन्। भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय रेखा उत्तरतर्फ सर्दै नेपाल प्रवेश गर्ने देखिएकाले विशेषगरी आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार अहिले मौसम सामान्य रहे पनि शनिबार रातिदेखि मनसुन सक्रिय बन्नेछ। वर्षा पूर्वबाट पश्चिमतर्फ क्रमशः फैलिने भएकाले देशका अधिकांश भूभाग प्रभावित हुनेछन्। अधिकारीका अनुसार हालको प्रणाली भारतको उत्तरप्रदेशबाट नेपालतर्फ सर्दैछ, जसले व्यापक वर्षा गराउनेछ।

Attariya Hospital

यसअघि बंगालको खाडीबाट आएको प्रणालीले केही ठाउँमा हल्का वर्षा गरे पनि मुख्य प्रणाली भारतको इलाहाबादतर्फ सरेकाले ठूलो प्रभाव देखिएको थिएन। तर अहिलेको प्रणाली तुलनात्मक रूपमा शक्तिशाली हुने अनुमान गरिएको छ।

nawajiwan

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले पनि शनिबार दिउँसो हल्कादेखि मध्यम वर्षा भए पनि रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने जानकारी दिए। मौसम विभागले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एलो अलर्ट’ जारी गरिसकेको छ। जनतालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।