गृहमन्त्रीमाथि विवाद चुलिँदै: राजीनामा दबाबबीच रवि लामिछानेसँग गोप्य भेट

Image
Nisarga Hospital

एकपछि अर्को विवादमा मुछिएका गृहमन्त्री सुधन गुरूङमाथि राजीनामाको दबाब बढिरहेका बेला उनी रवि लामिछाने लाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी र सम्पत्ति विवरण लुकाएको आरोपपछि गुरूङमाथि प्रश्नहरू तीव्र बनेका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री बालेन्द्र शाह ले समेत स्पष्टीकरण सोधिसकेको अवस्थामा उक्त भेटलाई महत्वपूर्ण मानिएको छ। स्रोतका अनुसार पार्टीभित्र समाधान खोज्ने प्रयासस्वरूप लामिछानेले गुरूङलाई सम्भावित निकासको सुझाव दिन सक्ने चर्चा छ।

Attariya Hospital

गुरूङ र बालेन्द्रबीच विगतमा विभिन्न मुद्दामा सहकार्य रहेको भए पनि पछिल्ला घटनाक्रमले सम्बन्धमा दबाब बढाएको देखिन्छ। विशेषगरी भदौको आन्दोलनपछिको शेयर खरिदमा स्रोत नखुलेको आरोपले थप विवाद सिर्जना गरेको छ।

nawajiwan

यसअघि श्रममन्त्री दीपक साहलाई बिना स्पष्टीकरण हटाइएको उदाहरणसँग तुलना गर्दा गुरूङलाई भने अवसर दिइएको भन्दै सरकारको निर्णयमाथि पनि प्रश्न उठ्न थालेका छन्।