नेपालको गोल वर्षा, भुटान ८–० ले पराजित

Image
Nisarga Hospital

साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले शनिबार भुटानलाई ८–० गोलअन्तरले पराजित गर्दै शानदार जित निकालेको छ। ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालका लागि मिना देउवाले २, समीक्षा मगर, कुसुम खतिवडा र पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरेकी थिइन्।

CP Hospital Dhangadhi
Attariya Hospital

पहिलो हाफमै नेपालले ५ गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप ३ गोल गर्‍यो। यसअघि पनि नेपालले भुटानलाई ६–१ ले हराएको थियो।

नेपालले ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। आयोजक बंगलादेशसँग पनि १२ अंक भए तापनि गोलअन्तरका आधारमा नेपाल अगाडि छ। अब सोमबार नेपाल र बंगलादेशबीचको खेल च्याम्पियन तय गर्ने निर्णायक हुनेछ। भुटान ३ अंकसहित तेस्रो र श्रीलङ्का अङ्कविहीन अवस्थामा पुछारमा छन्।

nawajiwan