मनसुनी सक्रियता फेरी तीव्र बन्दै : मेघगर्जन सहित वर्षा र जनजीवनमा असरको संकेत

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले वर्षा र सम्भावित जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति दुबै समयमा देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

तराईका केही भूभागमा पनि मेघगर्जनसहित वर्षाको संभावना रहेकाले यात्रारत यात्रु, कृषक, र नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।

महाशाखाले मुलुकका अधिकांश स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने भन्दै मौसमको पछिल्लो जानकारी लिनु आवश्यक रहेको जनाएको छ।