पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा

Image
Nisarga Hospital

कालीकोटको गगने खोलामा गएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। सोमबार बेलुकी ७ बजेबाट अवरुद्ध बनेको राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको हो।

CP Hospital Dhangadhi

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार लेदो र ढुंगा सहितको पहिरोले सडक पूर्णरूपमा बन्द गरेको थियो। कार्यालयको टोली तथा स्थानीयको सक्रियतामा सडक सफा गरी पुनः सवारी आवागमन सुरु गरिएको हो।

Attariya Hospital

सडक खुलेपछि कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा र हुम्लातर्फ जान रोकिएका सवारी साधन गन्तव्यतर्फ गइरहेका छन्।

nawajiwan

गगने खोला क्षेत्र कर्णाली राजमार्गको सबैभन्दा जोखिमयुक्त र बारम्बार पहिरो जाने स्थानका रूपमा चिनिन्छ। बर्षा सुरु भएसँगै यो क्षेत्र बारम्बार अवरुद्ध हुने गरेको छ।

Advertize US