
अस्ट्रेलियाको डार्विनमा यही अगस्ट १४ देखि २४ सम्म आयोजना हुने Top End T20 Series का लागि बंगलादेश ‘ए’ टोलीको घोषणा भएको छ। बंगलादेश क्रिकेट बोर्ड (BCB) ले विकेटकिपर ब्याट्सम्यान नुरुल हसन सोहन को कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

प्रतियोगिता डार्विनस्थित DXC एरिना, TIO रंगशाला र Kazaly’s एरिना मा सञ्चालन हुनेछ। बंगलादेशले शृंखलाको उद्घाटन खेलमा अगस्ट १४ मा पाकिस्तान ‘ए’ को सामना गर्नेछ भने नेपालसँगको खेल अगस्ट १६ मा हुनेछ।
यसैबीच, नेपालले पनि रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ।


नेपालको टोली:
रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, ललित नारायण राजवंशी।
बंगलादेश ‘ए’ टोली:
नुरुल हसन सोहान (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नइम, जिशान आलम, महिदुल इस्लाम भुइयाँ, यासिर अली चौधरी, अफिफ हुसेन ध्रुवो, तुफायल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नइम हसन, मुस्फिक हसन, रिपन मण्डल, हसन महमद।





























