
स्याङ्जा: गायक पशुपति शर्मा सवार गाडी स्याङ्जाको भिरकोट नगरपालिका–२ स्थित बयरघारीमा दुर्घटनामा परेको छ।

स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, बुधबार भएको दुर्घटनामा गाडीको अगाडिको भागमा सामान्य क्षति भए पनि यात्रुहरू सबै सकुशल छन्।

“गाडी सडकको कल्भर्टमा ठोक्किएको थियो,” उनले बताए, “गाडीमा सामान्य क्षति भएको छ, तर कसैलाई चोटपटक लागेको छैन।”

गायक शर्मा वालिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन स्याङ्जा गएका थिए।






























