देशभर बदली, धेरै स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालका तराई भूभाग हुँदै सरदर स्थानको उत्तरतर्फ सरिरहेको जनाएको छ। देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको विभागले जनाएको छ।

CP Hospital Dhangadhi

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसोको मौसम
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, बाँकी पहाडी भूभागका केही र मधेस प्रदेशसहित अन्य तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

nawajiwan

लुम्बिनी प्रदेशको तराई क्षेत्र, साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको मौसम
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा वर्षा पर्न सक्नेछ।

Attariya Hospital

कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले मनसुनको समय भएकाले पछिल्ला मौसमी सूचना नियमित रुपमा प्राप्त गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आजको सूर्योदय र सूर्यास्त

सूर्योदय : बिहान ५:३१ बजे

सूर्यास्त : साँझ ६:४८ बजे