टप एन्ड टी–२० सिरिज : पहिलो जितका खोजीमा आज नेपाल र बंगलादेश ‘ए’ आमनेसामने

Image
Nisarga Hospital

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ ।

CP Hospital Dhangadhi

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरिरहेका छन् भने बंगलादेश ‘ए’ लाई नुरुल हसनले कप्तानी गरिरहेका छन् ।

दुवै टोली पहिलो खेलमा पराजित भएकाले आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले हारेको थियो ।

nawajiwan
Attariya Hospital

गत सिजनको उपविजेता बंगलादेश ‘ए’ मा अन्तर्राष्ट्रिय अनुभवसहितका खेलाडीहरू रहेका छन्, जसले हालै सम्पन्न बंगलादेश प्रिमियर लिगमा उल्लेखनीय प्रदर्शन गरेका थिए ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा जारी यस प्रतियोगितामा ११ टोलीले ३६ लिग खेल खेल्नेछन् । नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

Advertize US