टप एन्ड टी–२० सिरिजमा सोमबार बिहान नेपाल र मेलबर्न स्टार्स आमनेसामने

Image
Nisarga Hospital

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले सोमबार मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल डार्विनस्थित टीआईओ स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्दै छन् भने स्टार्सलाई बिग ब्यासका अनुभवी खेलाडी साम हार्परले नेतृत्व गर्नेछन्।

Attariya Hospital

नेपाल हालसम्म खेलेका दुवै खेलमा पराजित भएको छ। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको हो। मेलबर्न स्टार्स भने पहिलो खेलमा रेनेगेड्ससँग ४ रनले पराजित भए पनि दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई हराएको छ।

nawajiwan

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा जारी यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले सहभागिता जनाइरहेका छन्। नेपालले आगामी खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।