भारतमा नेपाल ए र आसाम स्टेटबीच अनिल शाहाको कप्तानीमा पाँच खेलको टी–२० सिरिज खेल्ने

Image
Nisarga Hospital

भदौ १० देखि १८ (अगस्ट २६–सेप्टेम्बर ३) सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ। यस सिरिजका लागि नेपाल ए राष्ट्रिय टोली घोषणा गरिएको छ।

CP Hospital Dhangadhi

घोषित टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साह ले गर्नेछन्। राष्ट्रिय टोलीमा पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन गरिएको हो।

यसपटकको टोलीमा १६ खेलाडी समावेश छन्: अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल।

nawajiwan
Attariya Hospital

यस सिरिजलाई नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने उत्कृष्ट अवसरको रूपमा लिइएको छ।