आजको मौसम : देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

नेपालमा मनसुन सक्रिय रहँदा आज सोमबार पनि मौसम बदली हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले मौसमलाई थप प्रभावित पारेको छ।

CP Hospital Dhangadhi

हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा सामान्यतया बदली छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिनभर देशभर सामान्य बदली रहने पूर्वानुमान छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

nawajiwan

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले जारी गरेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा हावाहुरीको समेत सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।