रोहित पौडेलको अविजित शतकमा नेपालले साउथ अस्ट्रेलियामाथि शानदार जित

Image
Nisarga Hospital

अभ्यास वान डे क्रिकेटमा नेपालले साउथ अस्ट्रेलियामाथि रोमाञ्चक जित हात पारेको छ। शनिबार भएको खेलमा कप्तान रोहित पौडेलको अविजित शतक र सोमपाल कामीको उपयोगी योगदानको बलमा नेपालले २४३ रनको लक्ष्य पाँच बलअघि नै पूरा गर्‍यो।

CP Hospital Dhangadhi

१६१ रनमै आठ विकेट गुमाएको कठिन अवस्थामा कप्तान रोहित र सोमपालले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई विजयसम्म पुर्‍याए। रोहित १०१ रनमा अविजित रहे भने सोमपालले ४० रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमै २४२ रनमा समेटिएको थियो। विपक्षी टोलीका लागि ह्यारी मानेन्तीले ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ रन र म्याकेन्जी हार्भेले २४ रन जोडे।

nawajiwan
Attariya Hospital

नेपालका बलरमध्ये नन्दन यादव र सोमपाल कामीले तीन-तीन विकेट झारे भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक-एक विकेट लिए।

हालै सम्पन्न टप एन्ड टी-२० सिरिजमा आठौं स्थानमा रहेको नेपालले यो जितलाई आगामी विश्वकप छनोट तयारीका लागि महत्वपूर्ण मानिएको छ।