देशभर वर्षा तीव्र, स–साना नदीमा आकस्मिक बाढीको चेतावनी, गण्डकी–कर्णाली–सुदूरपश्चिमका नदीमा बहाव बढ्ने खतरा

Image
Nisarga Hospital

देशका विभिन्न स्थानमा वर्षा भइरहेको भन्दै जल तथा मौसम विभागले सावधानी अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा ११५.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

Attariya Hospital

गोरखाको आरुघाटमा १७.१ मिलिमिटर, स्याङजामा १४.२ मिलिमिटर, सिन्धुपाल्चोकमा १५.२ मिलिमिटर, डोटीमा १६.२ मिलिमिटर र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

nawajiwan

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने स–साना नदीहरूमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने भएकाले बाढीको मध्यम जोखिम रहन्छ। त्यसैले सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ।