सप्तकोशीमा जलसतह बढ्दा ३१ ढोका खोलियाे, खतराको संकेतस्वरूप रातो बत्ती बालियो

Image
Nisarga Hospital

सप्तकोशी नदीमा पानीको सतह बढेसँगै कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार दिउँसो २ बजे पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ७४ हजार ३७५ क्युसेक मापन गरिएको थियो भने हाल बढेर दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ।

CP Hospital Dhangadhi

कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल ३१ ढोका खोलिएका छन्। पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कन्ट्रोल रुमले सूचना दिएको हो।

Attariya Hospital

प्रहरी प्रवक्ता खतिवडाका अनुसार पूर्वी पहाडी क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दो क्रममा रहेको छ। स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

nawajiwan
Advertize US