
सोमबार सुनको मूल्य तोलामा २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ,

आइतबारको २ लाख ३ हजार ६०० रुपैयाँको तुलनामा बढेको हो। यो मूल्य हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर २ हजार ४७० रुपैयाँमा पुगेको छ।





























