सामाजिक सञ्जाल बन्दसँगै संघीय संसदको लाइभ प्रसारण प्रभावित

Image
Nisarga Hospital

सरकारले दर्ता नभएका युट्युबसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संघीय संसदको बैठक प्रत्यक्ष प्रशारणमा समस्या देखिएको छ।

CP Hospital Dhangadhi

संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक युट्युबमार्फत लाइभ गर्दै आएको थियो। युट्युबमै संसदका विगतका सबै बैठकको अभिलेख पनि उपलब्ध थियो। तर, सरकारको निर्णयपछि सभामुख देवराज घिमिरेले प्रत्यक्ष प्रसारण र अभिलेखको सुरक्षाबारे चासो व्यक्त गरेका छन्। उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले संसद सचिवालयलाई वैकल्पिक माध्यम खोज्न निर्देशन दिएका छन्।

Attariya Hospital

संघीय संसदका प्रवक्ता एकराम गिरीले युट्युब बन्द भएपछि प्रत्यक्ष प्रसारणमै समस्या भएको बताएका छन्। “हामीसँग अन्य प्रविधि छैन,” गिरीले भने, “विकल्पबारे छलफल गर्न सचिवालयका प्राविधिकहरूलाई बोलाइसकिएको छ।”

nawajiwan

संसद नियमावलीले बैठक प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था गरेको भए पनि वैकल्पिक प्रविधि अभावमा सचिवालय अलमलमा परेको हो। गिरीका अनुसार ह्वाट्सएपमार्फत समितिहरूले गर्ने संचार पनि अवरुद्ध भएको छ।

Advertize US