जेनजी–नेपाली सेनाबीच आज वार्ता हुदै , सुशीला कार्की नेतृत्वको सरकारको सम्भावना

Image
Nisarga Hospital

आज जेनजी समूह र नेपाली सेनाबीच वार्ता हुने भएको छ। बुधबार जेनजी नेताबीच नेतृत्वका विषयमा विवाद हुँदा औपचारिक छलफल स्थगित भएको थियो। नेपाली सेनाले आन्तरिक सहमति कायम गरी वार्तामा आउन आग्रह गरेको थियो। हिजोका विवादका कारण वार्ता आजका लागि सारिएको हो।

CP Hospital Dhangadhi

वार्तामा जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि राखेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन जनाएका छन्।

Attariya Hospital

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आन्दोलनले देशभर जनजीवन प्रभावित भएको छ र सेनाले शान्ति कायम राख्न कडा कदम चालिरहेको छ। वार्ताले परिस्थिति शान्ति र सहमतिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको छ।

nawajiwan

यस वार्ताबाट अन्तरिम सरकार गठन र संवैधानिक प्रक्रिया अघि बढ्ने सम्भावना रहेको देखिन्छ।

# ट्रेण्डिङ