चार दलका युवा नेताहरूको संयुक्त छलफल: जेनजी माग सम्बोधनमा एकमत, नयाँ सरकारबारे मतभेद

Image
Nisarga Hospital

जेनजी आन्दोलनपछिको नयाँ परिस्थितिबारे प्रमुख चार दलका युवा नेताहरू संयुक्त भर्चुअल छलफलमा बसेका छन्। आ–आफ्नो दलभित्र आन्तरिक समीक्षा गरेपछि उनीहरू संयुक्त संवादमा जोडिएका हुन्।

CP Hospital Dhangadhi

छलफलमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादी केन्द्रका माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाका शिशिर खनाल र सोबिता गौतम सहभागी थिए।

संवादमा तीन निष्कर्ष निकालिएका छन्। पहिलो, दलहरूले आफ्ना त्रुटि र कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्छ। दोस्रो, जेनजी पुस्ताले उठाएका मागलाई सम्बोधन गर्नु आवश्यक छ। तेस्रो, कुनै पनि शक्ति वा प्रवृत्तिले देशलाई पश्चगमनतर्फ धकेल्ने प्रयास गरे प्रतिवाद गर्नुपर्छ।

nawajiwan
Attariya Hospital

युवानेताहरूले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई तत्काल प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले जनतामा सही सन्देश प्रवाह गर्दै राजनीतिक गतिविधि अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

तर नयाँ सरकार गठनको विषयमा साझा धारणा बन्न सकेको छैन। केही नेताले संसद्भित्रकै सदस्यबाट प्रधानमन्त्री बनाउन सकिने बताउँदा, अन्यले विगतको अभ्यासलाई उदाहरण दिँदै बाहिरका व्यक्तिलाई पनि विकल्पको रूपमा प्रस्तुत गरेका छन्।

छलफलले जेनजीको आवाजलाई सम्बोधन गर्दै राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने सन्देश दिएको छ।

# ट्रेण्डिङ