कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु, अंग्रेजी पहिलो दिन

Image
Nisarga Hospital

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ। भदौ २८–२९ मा तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा अब दुई दिन, आज र भोलि सञ्चालन हुँदैछ।

CP Hospital Dhangadhi

पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र एक विषयमा मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सानो कोड भएका विषयहरूको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीले पनि सानो कोड भएको विषयको परीक्षा पहिलो दिन दिनेछन्।

Attariya Hospital

अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिने परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ। बुधबार दुवै विषयमा परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ।

nawajiwan

सबै परीक्षा बिहान ११ बजेदेखि सुरु हुने व्यवस्था गरिएको छ। बोर्डले परीक्षा सहज र निष्पक्ष रुपमा सञ्चालन हुने भरोसा दिलाएको छ। परीक्षार्थीलाई समयमै परीक्षा केन्द्र पुग्न सुझाव दिइएको छ।

Advertize US