
भारतले नवौँ पटक एसीसी एसिया कप क्रिकेटको उपाधि जितेको छ। आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले पुनः आफ्नो दबदबा कायम गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमै सबै विकेट गुमाउँदै १४६ रन मात्र बनायो। पाकिस्तानका सहिबजादा फ्रहानले ५७ तथा फकर जमानले ४६ रन बनाए। बाँकी ब्याटरले खास योगदान दिन सकेनन्। भारतका कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने भुमराह, चक्रवर्ती र अक्षर पटेलले दुई–दुई विकेट जोडे।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा भारतका तिलक बर्माले ६९ रनको अर्धशतक बनाए। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। शिवम दुबेले ३३ रन र सन्जु श्यामसनले २४ रनको योगदान दिए। पाकिस्तानका फहिम अस्रफले तीन विकेट लिएका थिए।

भारतले १९.४ ओभरमा लक्ष्य पूरा गर्दै उपाधि जित्यो।




























