नेपाल–वेस्ट इन्डिज टी-२० शृंखला : दोस्रो खेल आज बेलुका

Image
Nisarga Hospital

वेस्ट इन्डिजसँगको टी-२० शृंखलाअन्तर्गत नेपाल आज दोस्रो खेल खेल्दै छ। शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकाल्दै शृंखला सुरुवाती फाइदा लिएको थियो।

CP Hospital Dhangadhi

नेपाल आजको खेल पनि जितेर एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको दाउमा हुनेछ। पहिलो खेलमा नेपाली खेलाडीहरूले आ–आफ्नो प्रदर्शन उत्कृष्ट देखाएका थिए। रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी र साहब आलम खेलाडी छन्।

Attariya Hospital

वेस्ट इन्डिज टोलीमा अकिल होसेनको कप्तानीमा फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर छन्।

nawajiwan

नेपालले भोलि मंगलबार अन्तिम खेल खेल्दै शृंखला समापन गर्नेछ। पहिलो खेलको उत्साहसँगै नेपाली खेलाडीहरूले आज पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।