आगामी तीन दिन देशभर अविरल वर्षा, पहाडी–तराई क्षेत्रमा उच्च सतर्कता आवश्यक

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर वर्षाको प्रभाव रहने जनाएको छ। शनिबार राति जारी बुलेटिनअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका केही भूभागमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।

CP Hospital Dhangadhi

आइतबार दिउँसो कोशी, मधेश र बागमतीमा पूर्ण बदली रहने र ती क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। गण्डकी र लुम्बिनीका केही भागमा समेत वर्षा हुने सम्भावना छ। राति भने पहाडी भूभागमा मध्यम वर्षा र बागमती, कोशीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

Attariya Hospital

सोमबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिममा साधारण बदली रहने र थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। राति भने अधिकांश स्थानमा मौसम सुधार हुँदै जाने अनुमान गरिएको छ।

nawajiwan

विभागले विशेषगरी पहाडी र तराई क्षेत्रका नदी, खोलानाला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।