सर्लाहीमा २२३.६ मिमि भारी वर्षा, बागमती नदीमा खतरा तह नजिक

Image
डुबानले जनजीवन प्रभावित कञ्चनपुर, २४ असार ः लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् । तस्बिर ः शेरबहादुर सिंह÷रासस
Nisarga Hospital

सर्लाहीको बसवरियामा पछिल्लो २४ घण्टामा २२३.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लगातारको वर्षाले साना खहरे खोलादेखि सिँचाइ ब्यारेजसम्म पानीको सतह बढेको छ। बागमती, लखन्देही, झिम र बाँके खोला किनारका बस्तीहरूमा बाढी र डुबानको जोखिम बढेको छ।

CP Hospital Dhangadhi

मलङ्गवामा पनि २१५.४ मिलिमिटर वर्षा मापन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले होचो स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।

Attariya Hospital

पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजका ३५ ढोका खोलिएका छन्। हाल बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ, जसले खतरा तह (६ मिटर) नजिक पुर्‍याएको छ। सिँचाइ आयोजनाले संरचना सुरक्षित गर्न सेफ्टी ड्याम फुटाउने तयारी गरेको इन्जिनियर अभिमन्यु चौधरीले जनाएका छन्।

nawajiwan
Advertize US