
अत्तरियाः आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग अभ्यास खेल खेल्दैछ।

सोमबार दिउँसो ४:१५ बजे सुरु हुने यो खेल नेपालको दोस्रो वार्मअप म्याच हो। यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले १७ ओभरमै चार विकेट गुमाउँदै पूरा गरेको थियो। विश्वकप छनोट नजिकिँदै गर्दा नेपालले टोली संयोजन र रणनीतिक अभ्यासलाई तीव्रता दिएको छ। क्यानले निर्धारित दुई अभ्यास खेलमार्फत खेलाडीहरूलाई तयारीमा निखार ल्याउने लक्ष्य लिएको जनाएको छ।

































