सुदूरपश्चिममा एमालेको पुनर्निर्माण अभियान सुरु, आगलागीबाट क्षतिग्रस्त भवन पुनः निर्माण हुँदै

Image
Nisarga Hospital

अत्तरियाः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी कार्यालय र कार्यकर्ताका क्षतिग्रस्त घरहरू पुनः निर्माण गर्ने अभियान सुरु गरेको छ। जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडका कारण नष्ट भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनका लागि प्रदेशस्तरीय अभियान औपचारिक रूपमा सोमबार आरम्भ गरिएको हो।

CP Hospital Dhangadhi

अभियानको सुरुवात एमाले केन्द्रीय सचिव लेखराज भट्टको घर पुनर्निर्माणबाट गरिएको छ। भट्टको घर गत असोज २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको थियो। सो घटनाबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

Attariya Hospital

सोमबार पुनर्निर्माण कार्यको शुभारम्भका अवसरमा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीका संरचना मात्र होइन, मुलुकको पुनःउत्थानका लागि पनि एमाले तयार रहेको बताएका छन्। उनले क्षति व्यहोरेका कार्यकर्ताहरूलाई सहयोग र एकताका माध्यमबाट उभ्याउने लक्ष्यसहित अभियान अघि बढाइने बताए।

nawajiwan

अभियानमा प्रदेशभरका नेता, कार्यकर्ता र समर्थकहरूको स्वैच्छिक योगदान रहने एमाले सुदूरपश्चिमले जनाएको छ।