हमासको क’ब्जाबाट नेपालका विपिन जोशीसहित २२ ब’न्धक रिहा हुने तयारी

Image
Nisarga Hospital

हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ। गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ, जसमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ।

CP Hospital Dhangadhi

यसअघि विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपी, र अन्य सञ्चारमाध्यमले जारी गरेको सूचीमा उनका नाम पुष्टि भएको छ।

Attariya Hospital

शुक्रबार भएको युद्धविरामपछि सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। साथै, इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको जनाइएको छ। जीवित ठानिएका २२ बन्धक फर्कने कुरामा नेपालमा पनि खुसी र आशा छ।

nawajiwan

विपिनसँगै जीवित रहेका अन्य बन्धकमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निम्रोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, र मातान जंगाउकर रहेका छन्।